एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

काठमाडाैं | असार १४, २०८२

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।


परीक्षा बिहान ८ देखि  ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित  भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ ।


एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २.४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।


बोर्डका अध्यक्ष महाश्रम शर्माले एक सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ ।
 

यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्