एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

काठमाडाैं | असार १४, २०८२

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।


परीक्षा बिहान ८ देखि  ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित  भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ ।


एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २.४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।


बोर्डका अध्यक्ष महाश्रम शर्माले एक सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ ।
 

यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्